काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) लाई पत्नी शोक परेको छ। बिजुक्छेकी धर्मपत्नी श्रीमती शोभा प्रधानको बुधबार निधन भएको हो।
प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन्।
उनको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation