८ कार्तिक २०८३, शनिबार

खाना पकाउने ग्यासमा दुई थरी मूल्य तोक्ने सरकारको तयारी

  • ६ असार २०७९, सोमबार
Image

काठमाडौं- सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ। औद्योगिक प्रयोजन र घरायसी प्रयोजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो।

नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारि भएको जानकारी  दिए।

निगमले ग्यासको दोहोरो मुल्य कायम गर्नका लागि अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन बुझाएपछि दोहोरो मुल्य कायम गरिने छ।

हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको निर्देशक थानीले बताए। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर