९ कार्तिक २०८३, आइतबार

आईसीसीले हटायो क्यानमाथि लगाएका सबै प्रतिबन्ध

  • ३१ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएका सबैखाले प्रतिबन्ध हटाएको छ। मंगलबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरी आईसीसीले नेपालमाथि लगाएका सबैखाले प्रतिबन्ध हटाएको जनाएका छन्।

आईसीसीले कन्ट्रोल फन्डिङ (आर्थिक नियन्त्रण) पूर्ण रूपमा फुकुवा भएको पत्र जेठ ३० मा पठाएको विज्ञप्तिमा उल्लेख छ । निलम्बन फुकुवा गरे पनि आईसीसीले क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो। अब योसँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्रसरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछ।

यसअघि २०७६ असोज ११ र १२ मा क्यानले साधारण साधारणसभा गर्दै नयाँ कार्यसमिति चयन गरेपछि आईसीसीले  सशर्त निलम्बन फुकुवा गरेको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर