काठमाडौं- नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ८६ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १७ जना निको भएका छन्। हाल नेपालमा १ सय २ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation