भक्तपुर- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन्। गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन्।
उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन्। जिल्ला समन्वय समितिका लागि यहाँ आठ जना मतदाता थिए। चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन्। जिल्लामा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई मत थियो।
यो हिसाबले नेमकिपा निर्णायक भएको थियो। त्यसकारण उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेका थिए। दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए।
तर, उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो। मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation