४ जेठ २०८१, शुक्रबार

प्रहरीका पाँच डिआइजी एआईजीमा बढुवा

  • २३ जेठ २०७९, सोमबार
Image

काठमाडौं- सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा हुने भएका छन्।  गृह मन्त्रालयको बढुवा समितिले जेठ ९ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

एक नम्बरमा सुवेदी, दुई नम्बरमा बिसी, तीन नम्बरमा लोहनी, चार नम्बरमा आचार्य र पाँच नम्बरमा सिंहको बढुवा भएको हो। यसैगरी, सशस्त्र प्रहरी बल नेपालका डीआईजी चन्द्रप्रकाश गौतम (सीपी) पनि एआईजीमा बढुवा भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर