९ कार्तिक २०८३, आइतबार

तीन दशकपछि म्यानमारमा पुनः मृत्युदण्ड घोषणा

  • २१ जेठ २०७९, शनिबार
Image

काठमाडौं- म्यानमारको सैनिक सरकारप्रति बफादार बन्दै एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ। 

उनीहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो। 

सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको आङ साङ सरकारी प्रवक्ताले बताए। 

सैनिक सरकार, जुन्ताले गत वर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो।  म्यानमारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाई सदर गरेको थिएन। 

गत नोभेम्बरमा गिरफ्तार भएका आङ सान सुचीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतङ्कवाद विरोधी कानून अन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो। 

‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मीन युले पनि अर्थसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको हो।  मृत्युदण्डको कुनै मिति नतोकिएको प्रवक्ता तुनले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर