काठमाडौं- वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइने भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने गृहमन्त्रालयले जनाएको छ। भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ।
बुङमती मन्दिरमा राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ। हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्याउने गरिन्छ। २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइने छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation