काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले २२ जनाको ज्यान जानेगरी तारा एयरको जहाज दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु,’ प्रधानमन्त्री देउवाले आज समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज आइतबार विहान सम्पर्क विहीन भएको थियो। उक्त जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए।
दुर्घटनामा सबै जनाको मृत्यु भएको छ। ‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation