८ कार्तिक २०८३, शनिबार

जहाज दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

  • १६ जेठ २०७९, सोमबार
Image

काठमाडौं- मुस्ताङको थसाङ गाउँपालिका-२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाज दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गरी दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरूमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।


 

प्रतिक्रिया

सम्बन्धित खवर