८ कार्तिक २०८३, शनिबार

प्रेस युनियनले स्थापना दिवस मनाउँदै

  • १३ जेठ २०७९, शुक्रबार
Image

काठमाडौं- देशभरका लोकतन्त्र पक्षधरहरुको साझा संस्था नेपाल प्रेस युनियले शुक्रबार आफ्नो स्थापना दिवस मनाउन लागेको हो। नेपाल प्रेस युनियनको ३१ औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरु गरी मनाउन लागेको हो।

युनियनका जिल्ला र प्रदेश शाखाहरुलाई स्थापना दिवस मनाउन परिपत्र गरिएको छ। त्यसैगरी केन्द्रले पनि शुक्रबार दिउँसो ३ बजे युनियनको केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने कार्यवाहक महासचि भीष्मराज ओझाले जानकारी दिए। 

नेपाल प्रेस युनियनको अध्यक्ष बद्री सिग्देलले स्थापना दिवसको अवसरमा सम्पुर्ण श्रमजीवी र व्यवसायिक पत्रकार साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भनेका छन्, 'जस्तो सुकै अप्ठ्यारोमा पनि एक हुने हामी लोकतन्त्रवादीहरूको चरित्र कायम राखौं। नवौं महाधिवेशनको तयारीमा जुटौं।'

केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे जम्मा भई स्थापना दिवस मनाउन पनि आह्वान गरेका छन्।

स्थापना दिवसको शुभकामना दिँदै युनियनका कोषाध्यक्ष सरोजराज अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारका मुद्वामा आफुलाई खरो रूपमा उभ्याएको यस संस्थालाई थप बलियो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर जानुपर्ने बताएका छन्। 

त्यसैगरी युनियनका काठमाडौं जिल्ला शाखा अध्यक्ष जगननाथ दुलालले युनियको स्थापना दिवसको अवसरमा विगतका कमिकमजोरीको समीक्षा गर्दै र सिक्दै प्रेस युनियनलाई श्रमजीवी पत्रकारहरूको बृहत्तर हितको पक्षमा दरो गरि उभ्याउनुपर्ने बताएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर