पोखरा- स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना शुरू भएकामा हालसम्म एक लाख १२ हजार ५८० मत गनेर सकिएको छ।
सो मतपरिणामअनुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन्। आचार्य अहिलेसम्म ३४३७ मतले अघि छन्। आचार्यले ४५ हजार २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन्।
यसैगरी महानगरको उपप्रमुखमा भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ। गुरुङले ४७ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४४ हजार ९६४ मत रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation