मकवानपुर- मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका-२,कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन। जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation