काठमाडौं- भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। आइतबार साँझसम्म अग्रता बनाइरहेको गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई एमाले उम्मेदवार विजय सुवेदीले तीन मतले पछि पारेका हुन् ।
सुवेदीले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने दाहालले २ हजार ४ सय ६५ मत ल्याएकी छिन्। अहिले भरतपुर २ मा मत गणना भइरहेको छ। वैशाख ३० गते सम्पन्न निर्वाचनमा भरतपुरमा १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation