९ कार्तिक २०८३, आइतबार

बालेन शाह जित्लान् कि हार्लान्? दुई युवाले राखे २८ किलोको खसी बाजी

  • ३ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्ने चर्चा चुलिएको छ। सुरुवाती अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ।

तर केहीले भने अग्रता बढाउँदै लगे पनि चुनाव निजित्ने बताइरहेका छन् । 

काठमाडौंमा कसले जित्ने भन्ने विषयमा खोटाङमा भने दुई जनाले बाजी नै राखेका छन्।

आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्। 

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्। 

उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेको सुमन बास्तोलाले बताए। तर, यसरी बाजी राख्नु गैरकानुनी हो।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्। 

बालेनले आइतबार दिउँसो १२ बजेसम्म २६०१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १४१५ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर