१६ वैशाख २०८१, आइतबार

कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • २८ वैशाख २०७९, बुधबार
Image

काठमाडौँ । काठमाडौं कलंकी चोकमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

कालिमाटी प्रहरी वृत्तका डीएसपी अनिलकुमार घिमिरेका अनुसार आज बिहान करिब ३ बजेतिर कलंकीमा थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

दुर्घटनामा मोटरसाइकलका चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको उनले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा उपचारका क्रममा मृत्यु भएको उनले बताए। 

टिपर चालक लीलाबहादुर तामाङसहित दुर्घटनामा परेका दुवै सवारीसाधन कालीमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर