९ कार्तिक २०८३, आइतबार

आजदेखि सिर्जनाको घरदैलो अभियान सुरु, यस्तो छ तालिका

  • १८ वैशाख २०७९, आइतबार
Image

काठमाडौं- सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयर पदकी उम्मेदवार नेतृ सिर्जना सिंहले आइतबारदेखि घरदैलो सुरु गरेकी छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी आइतबारबाट काठमाडौं महानगर क्षेत्रमा मतदाताको घरघरमा पुग्ने भएकी हुन्। 

नेतृ सिंहको सचिवालयले आइतबारदेखि वैशाख २७ गतेसम्म बिहान र साँझ गरेर घरदैलो गरिने कार्यक्रम तय गरेको छ। जसअनुसार उनी आइतबार बिहान वडा नम्बर  १ र १० मा घरदैलो गर्दैछिन्। 

सोमबार बेलुकी वडा नम्बर १६ मा घरदैलो गरिने सिंहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बिहानको घरदैलो कार्यक्रम ७ देखि १० बजेसम्म र बेलुकीको घरदैलो कार्यक्रम अपराह्न ४ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने छ।

  

प्रतिक्रिया

सम्बन्धित खवर