९ कार्तिक २०८३, आइतबार

धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

  • १२ वैशाख २०७९, सोमबार
Image

काठमाडौं- धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार थाक्रे गाउँपालिका ७ जुङखोलास्थित पृथ्वी लोकमार्गमा बस र कार आपसमा ठोक्किँदा चार भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको हो।

काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई आइतबार ठक्कर दिएको थियो। दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ।

घाइते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते  एक जनाको उपचार भइरहेको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर