९ कार्तिक २०८३, आइतबार

कारागारमा रहेका रेशमको पार्टी एक्लै मैदानमा

  • ७ वैशाख २०७९, बुधबार
Image

काठमाडौं- टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ कारागारमा रहेका रेशम चौधरीको पार्टीले पनि चुनावमा प्रतिस्पर्धा गर्ने भएको छ। उनको नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको हो।

टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो।

सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ । कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा गणेश उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुंगा लगाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर