८ कार्तिक २०८३, शनिबार

तालमेलको विषयमा समितिको निर्णय सबैले मान्नुपर्छ : नेता कोइराला

  • ६ वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए।

आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए। अहिले संवाद चलिरहेको उनको भनाइ थियो। पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताए।

उनले भने “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ। हामीसँग समय पनि छ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर