८ कार्तिक २०८३, शनिबार

स्याङजा र बझाङमा जिप दुर्घटना : ६ को मृत्यु, चालकसहित ८ घाइते

  • ४ वैशाख २०७९, आइतबार
Image

काठमाडौं- स्याङजा र बझाङमा भएको जिप दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ। दुर्घटनामा चालकसहित आठ जना घाइते भइका छन्।

स्याङजाको वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय वीरबहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका-१४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।  

चालक सहित ५ जना घाइते भएका छन्। चालक सहित गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको छ भने मध्यम घाइते भएका २ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको हो। यस्तै बझाङमा जीप दुर्घटनामा परी विनोद बोहराको मृत्यु भएको। विनोद नेपाली कांग्रेस बझाङका सभापति खडक बोहराका माइला छोरा हुन्।

वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका सभापति बोहराको परिवार सवार सुपप्र ०१९००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा उनका माइला छोरा २७ वर्षीय विनोद बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। सभापति बोहरा सामान्य घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकी सभापति बोहराकी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ। घाइते खडक, उनका कान्छा छोरा पारस तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जीप अनियन्त्रित भएर दुर्घटना भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर