काठमाडौं- थारू पत्रकार संघ,नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत चयन भएका छन्। नवलपुरको अमलटारीमा शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
यस्तै बरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी (चितवन) निर्वाचित भएका छन् भने उपत्यकासहित ७ प्रदेशमा उपाध्यक्ष चयन गरिएको छ । यस्तै प्रदेश-१ मा कुलदीप चौधरी (सुनसरी), मधेश प्रदेशमा प्रतिमा चौधरी (बारा), बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एशोसिएटमा सहदेव चौधरी(काठमाडौं) र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् भने कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मनोनयन गर्न बाँकी छ।
यस्तै महासचिवमा लक्ष्मी चौधरी ( काठमाडौं ) निर्वाचित भएकी छिन् भने उपमहासचिवमा विजय चौधरी (चितवन) निर्वाचित भएका छन्। यस्तै सचिव (महिला)मा दिपशिखा चौधरी ( दाङ), सचिव ( पुरुष)मा लीलानाथ गच्छदार ( मोरङ) सर्वसम्मत भएका छन् भने कोषाध्यक्षमा कारी महतो (चितवन) सर्वसम्मत भएका छन् ।
यस्तै सदस्यहरूमा सवि चौधरी,धीरेन्द्र चौधरी,मनोज चौधरी,सुमित्रा चौधरी,दिनेशकुमार चौधरी,राम चौधरी,जनक चौधरी र नविन चौधरी, राज चौधरी चयन भएका छन् । बाँकी २ जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिले मनोनित गर्नेछन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation