६ जेठ २०८१, आइतबार

माधव नेपालविरुद्ध दायर रिटको पेसी चैत २७ मा तोकियो

  • २० चैत २०७८, आइतबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतमा चैत २७ गते पेसी तोकिएको छ।

न्यायाधीश अनिल सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको थियो। इजलासमा पक्ष र विपक्ष दुवैका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले आफूले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका हुन्।

यसअघि इजलासले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने भनी पेसी तोकेको थियो। आइतबार न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो।

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय सुवेदीले गरेका हुन्।


प्रतिक्रिया

सम्बन्धित खवर