८ कार्तिक २०८३, शनिबार

'नेपाल्स सिङ्गिङ सुपरस्टार' रियालिटी शो बैशाखबाट प्रसारणमा आउने

  • १८ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- पूर्वघोषित रियालिटी शो 'नेपाल्स सिङ्गिङ सुपरस्टार' आगामी बैशाखबाट प्रसारणमा आउने भएको छ।

निर्माण संस्था भ्वाइस स्टार नेपाल प्रा. लि. ले  २०७९ साल बैशाख १८ गते आइतबार देखि इमेज एचडी टेलिभिजनमा हप्ताको दुई दिन बेलुका ८ बजेदेखि ९ बजेसम्म यो रियालिटी शो नियमित प्रसारणमा आउने बताएको छ।

नेपाल्स सिङ्गिङ सुपरस्टारलाई चर्चित टेलिभिजन प्रस्तोता विवेकसिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठले होस्टको रुपमा संचालन गर्नेछन् भने निर्णायकको रुपमा ख्याति प्राप्त गायकहरू संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र चर्चित गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए।

लामो समयदेखि संचार क्षेत्रमा कार्य गरेर बिज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शो मा अन्य रियालिटी शो मा भाग लिइसकेका प्रतिस्पर्धीहरू वा पाँच वर्षभन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिक मात्र समावेश हुन पाउने निर्माता जोशीले बताए। यसैबीच बिहीबारबाटै यो रियालिटी शो को अडिशन खुल्ला गरिएको छ।

अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट सम्मको भिडियो पठाउन सकिने निर्देशक श्रेष्ठले बताए।

यो रियालिटी सो को विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर