८ कार्तिक २०८३, शनिबार

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

  • १६ चैत २०७८, बुधबार
Image

काठमाडौं- टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव सिर्जना भएको छ। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा बुधबार बिहान बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको मृत्यु भएको थियो।

उनीहरूका बुबा रोहन घिसिङ घाइते भएका छन्। उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। घटनापछि स्थानीयले सुन्दरीजल सडक खण्डमा विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन भएपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ।

छोरीहरूलाई स्कुल पुर्‍याउन जाँदै गर्दा टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई च्यापेको थियो ।उक्त घटनापछि स्थानीयले ठक्कर दिने टिपरमा आगजानी गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर