६ जेठ २०८१, आइतबार

दलको विकल्प राजसंस्था होइन : अध्यक्ष थापा

  • १५ चैत २०७८, मङ्गलबार
Image

चितवन- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताएका हुन् ।

उनले भने, “दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन।” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । उनले भने, “हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ ।”

हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उनले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको उल्लेख गरे। थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको बताए। उनले भने, “अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ।”

नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उहाँको भनाइ थियो। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको उनले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर