९ कार्तिक २०८३, आइतबार

थाइल्यान्ड जाने नेपाली फुटबल टोलीको बिदाइ

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टाेलीको बिदाइ गरेको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गर्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली र महासचिव इन्द्रमान तुलाधरलगायतका पदाधिकारीहरूले सोमबार थाइल्यान्ड प्रस्थान गर्ने खेलाडी तथा अफिसियललाई बिदाइ गरेका हुन्। 

३४ सदस्यीय टोली सोमबार (भोलि)  थाइल्याण्ड प्रस्थान गर्नेछ । नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा  खेल्नेछ। दुवै खेल चोनबरीमा हुनेछ।

यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ। समूह 'ए'मा नेपालसहित   कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर