काठमाडौं - धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १४.६७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ६१६.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको ३.०१ अंकले घटेर ४९४.३८ को विन्दुमा ओर्लेको छ।
कारोबार रकम सवा २ अर्ब रुपैयाँमा सीमित बनेको छ। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। यो दिन लगानी समूहमा १.६६ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.९६ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.६४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.४७ प्रतिशत, विकास बैंक समूहमा १.१७ प्रतिशत, जलविद्युत समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.१७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०९ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत, लघुवित्त समूहमा ०.११ प्रतिशत, जीवन बीमा समूहमा १.३७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरू
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ८ करोड ८२ लाख रुपैयाँ, अपी पावरको ८ करोड ६७ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ९७ लाख रुपैयाँ, निफ्राको ५ करोड ८७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड २७ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ४ करोड ७४ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ६९ लाख रुपैयाँ र सगरमाथा इन्स्योरेन्सको ४ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका सेयरधनीहरु मालामाल भएका छन्। राष्ट्र उत्थानको सेयरभाउमा १० प्रतिशत तथा इमर्जिङ नेपालको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation