काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र १ को ‘घर-घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अभियानमा उनले एमसीसीबारे फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न पनि आग्रह गरे। आफ्नो पार्टीले देश र जनताको हितमा राखेर नै सहयोग स्वीकार गरेको बताएका हुन्।
राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको समेत बताए। चुनाव नजिक आएपछि भ्रमको खेती गर्न लागिपरेका छन् भन्दै सिंहले चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएकाले पार्टीले आवश्यकता र योग्यताको आधारमा निर्णय गर्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation