८ कार्तिक २०८३, शनिबार

काठमाडौंमा एक परिवारका ५ जना बेहोस फेला, विष सेवन गरेको आशंका

  • २४ फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं- काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। सोमबार साँझ भित्रबाट ढोको बन्द गरिएको अवस्थामा एकै परिवारका ५ जना बेहोस् अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए। 

प्रहरीले सूचना पाउने बित्तिकै घटनास्थल पुगेर उनीहरुलाई मनमोहन अस्पताल लगिएको थियो। अस्पतालले एकजनालाई मृत घोषणा गरेको र अन्यको उपचार भइरहेको एसएसपी गिरीले जानकारी दिए। 

उनीहरुको अहिले स्वयम्भूस्थित अस्पतालमा उपचार भइरहेको छ। एसएसपी गिरीले भने, 'सबैले विष खाएको देखिन्छ। ढोका भित्रबाटै बन्द भएकाले अन्य कुरा अहिले देखिएको छैन।’

सोमबार बिहान ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ५ जनाको निसासिएर मृत्यु भएको थियो भने एकजना गम्भीर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर