९ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कसलाई कहाँ जिम्मेवारी ?

  • २४ फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ। सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो। 

जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन्। यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन्।  लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ। त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर