१६ वैशाख २०८१, आइतबार

सभामुखलाई महाभियोग लगाउने तागत कसैसँग छैन : झलनाथ खनाल

  • १९ फागुन २०७८, बिहिबार
Image

काठमाडाैं- नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित’ नेता झलनाथ खनालले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने तागत कसैसँग नभएको बताएका छन् । बुधवार विराटनगरमा भरत मोहन अधिकारी फाउन्डेसनले आयोजना गरेको अधिकारीको तेस्रो स्मृति दिवसमा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् ।

नेता खनालले सभामुख सापकोटालाई महाभियोग लगाउने सपना नदेख्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती समेत दिएका छन्। नेता खनालले सापकोटालाई महाभियोग लगाएर हटाउँछौ भनेर सडकमा भाषण गरे जस्तो सजिलो नभएको बताएका हुन् । महाभियोग लगाउन दुई तिहाइ बहुमत चाहिने भन्दै उनले सडकमा उफ्रेर महाभियोग लगाउँछु भन्नु पिँध नभएको भाँडो जस्तै भएको बताए। ‘अहिले नेकपा एसका १४ सांसदलाई कारवाही गर्छु भन्नु र सभामुखलाई महाभियोग लगाउँछौँ जस्ता माग राख्नु भनेको पिँधबिनाको भाँडो जस्तै हो,’ उनले भने ।

मगलबार मात्रै एमाले अध्यक्ष ओलीले सापकोटालाई राजीनामा दिन सुझाउँदै नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका थिए । उनले एमालेलाई संसद् फोबिया भएको आरोपसमेत लगाएका छन् । ‘एक जना धुन्धुकारीले एक पटक नभई दुई–दुई पटक संसद् विघठन गरे,’ ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पछि दुःख गरेर पुनःस्थापना गरेको संसद् देख्नै हुँदैन नाराबाजी गरी हाल्छन् ।’ एमालेलाई उनले दक्षिण पन्थीको संज्ञासमेत दिएका छन् । यस्तै उनले सहमतिको बुँदामा आधारित भएर गठबन्धन बनेको बताउँदै असहमतिको बुँदाले गठबन्धनलाई असर नपर्ने  बताए। 


प्रतिक्रिया

सम्बन्धित खवर