काठमाडौं- युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई सुरक्षित बस्न सरकारले आग्रह गरेको छ। जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेनमा हवाई सेवा बन्द भएकाले संयमता अपनाएर आफू बसेको स्थानमा घरमै बस्न आग्रह गरेको हो।
हवाइ उद्धार गर्न तत्काल सम्भव नभएकाले युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्नसमेत दूतावासको आग्रह छ। दूतावासले पूर्वी क्षेत्रभन्दा पश्चिमी युक्रेन तुलनात्मक रूपमा सुरक्षित रहेकाले त्यसतर्फ जानसमेत आग्रह गरेको छ।
रुसले बिहानैबाट युक्रेनी क्षेत्रमाथि सैन्य कारबाही थालेको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation