काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । थप ८३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation