९ कार्तिक २०८३, आइतबार

एमसीसीविरुद्धकाे रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

  • १० फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ । एमसीसीबारे संसदबाट निर्णय नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपिठ गरेको हो ।

एमसीसी संसद्‌मा पेस भइसकेकाले अब संसद्को विशेषाधिकारमा पर्ने भन्दै सर्वोच्चले सो रिटलाई दरपीठ गरेको जनाएको छ। ‘एमसीसी अन्तर्राष्ट्रिय कानुनअनुसार सम्झौताको श्रेणीमा पर्दैन। यो संसदमा पेश गर्नुपर्ने विषय होइन’, भण्डारीको रिटमा उल्लेख छ, ‘नेपालको संविधानको सर्वोच्चता, सार्वभौम सत्तामाथि एमसीसीले प्रहार गरेको छ। त्यसैले यसलाई संसदबाट अनुमोदन गर्न मिल्दैन।’

यदि संसदबाट अनुमोदन गर्नु पर्ने हो भने पनि घातक प्रावधानहरू सम्बन्धमा भियना अभिसन्धि १९६९ बमोजिम रिजर्भेसन राखेर मात्रै गर्नुपर्ने माग गरिएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर