काठमाडौं- विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शाले इंगेजमेन्ट गरेकी छन्। उनले किशोर कुइकेल ९किसु०सँग इंगेजमेन्ट गरेकी हुन्। उनले शुक्रबार ‘इन्गेजमेन्ट’को तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।
‘इन्गेजमेन्टको तस्वीरसँग रञ्जुले ‘आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको छ’ लेखेकी छन्। उनले लेखेकी छन्, ‘दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरू, निकट साथीहरू र सारा ब्राह्मणड साक्षी राखी फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौँ। तपाईंहरूको आशीर्वाद र शुभकामनाका लागि हृदय देखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु।’ काठमाडौं महानगरको मेयरमा उम्मेद्वार बनेपछि उनी चर्चामा आएकी थिइन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation