९ कार्तिक २०८३, आइतबार

बेलायत सरकारद्वारा नेपाललाई २१ लाख कोरोनाविरुद्धको खोप सहयोग 

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । बेलायत सरकारले नेपाललाई थप कोरोनाविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ। विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् । 


मन्त्री खतिवडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लडाईमा बेलायत सरकारले खोपसहित स्वास्थ्य सामग्री सहयोग गरेको बताए। नेपालको पूर्वाधार विकास र स्वास्थ्य शिक्षा क्षेत्रको विकासको लागि बेलायत सरकारको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय बर्ष भन्दा पुरानो अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण सम्बन्धको स्मरण  गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको प्रति धन्यवाद दिए।

प्रतिक्रिया

सम्बन्धित खवर