काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ। केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले फागुन १३ गतेका लागि तोकिएको अधिवेशन फागुन १५ मा गर्ने निर्णय गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
निर्वाचन समितिले यसअघि १६ जिल्लाको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरे पनि २७ पुसका लागि सारेको थियो । तर, त्यतिबेला माघ १२ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरिएको थियो। मधेस प्रदेशका ८ जिल्ला र अन्य प्रदेशका जिल्लाको अधिवेशन हुन बाँकी छ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation