२० वैशाख २०८१, बिहिबार

ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट शपथ लिने

  • ६ पुष २०७९, बुधबार
Image

काठमाडौं- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयले जबरालाई  दिउँसो एक बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ। 

संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो। संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो। 

सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिए। राणाले राष्ट्रपतिबाट शपथ लिएपछि  बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ वानेश्वरमा शपथ गराउनेछन्।


प्रतिक्रिया

सम्बन्धित खवर