३१ असार २०८१, आइतबार

एपीएफलाई पराजित गर्दै पुलिस उपाधिका लागि भिड्ने

  • ८ चैत २०८०, बिहिबार
Image

२०८० चैत ०८ बिहिवार

काठमाडौँ- बिहीबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधिका लागि भिड्ने भएको आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप महिलातर्फको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै साविक विजेता पुलिस फाइनल प्रवेश गरेको हो

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा पुलिसले एपिएफलाई २७-२५, २५-२२, २८-३० र २५-१७ ले हराएको

आज महिलातर्फको दोस्रो सेमिफाइनलमा एभ्रेष्ट क्लब र चन्द्रागिरि न्युडाइमण्ड क्लबबीच हुने भएको छ । त्यस्तै पुरुषतर्फ आज दुई क्वाटरफाइनलका खेलहरु हुने भएको छ। जसमा तेस्रो क्वाटरफाइनलमा पुलिस र कोशी प्रदेश भिड्नेछन् भने चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र सुदुरपश्चिम क्लब भिड्ने भएका छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल बुधबार भएको पहिलो र दोस्रो क्वाटरफाइनल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् भने, दुवैतर्फका विजेता टोलीले ५ लाख, उपविजेताले २ र तेस्रो हुने टिमले १ लाख २५ हजार प्राप्त गर्ने छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर