३१ असार २०८१, आइतबार

झापामा खन्ती प्रहारबाट एक युवकको हत्या

  • ८ चैत २०८०, बिहिबार
Image

२०८० चैत ०८ बिहिवार

काठमाडौँ- झापाको भद्रपुर नगरपालिका–२ मा खन्ती प्रहारबाट एक युवकको हत्या गरिएको छ । स्थानीय ३५ वर्षीय सनम भनिने गंगा राईलाई सोही ठाउँका ३० वर्षीय कमानसिंह राईले खन्ती प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गंगा बुधबार राति कमानसिंहकै घरमा गएर सुतेका थिए । सुतिरहेकै अवस्थामा गंगा राईको टाउकोमा कमान सिंहले फलामको खन्ती प्रहार गरेका थिए । गम्भीर चोट लागेका गंगाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए। कमानसिंहले पुरानो रिसिबीका कारण गंगामाथि खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । खन्तीसहित कमानसिंहलाई नियन्त्रणमा लिएको प्रहरीले बताए

प्रतिक्रिया

सम्बन्धित खवर