३१ असार २०८१, आइतबार

१६४ किलो गाँजा बरामद

  • ७ चैत २०८०, बुधबार
Image

२०८० चैत ०७ बुधबार  

काठमाडौँ — १६४ किलो गाँजा बरामद गरिएको छ । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद गरेको हो।

मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट ५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले जनाएको छ ।

नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको डीएसपी शैलेन्द्र थापाले बताए । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाजा बरामद भएको सशस्त्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर