२०८० चैत ०५ सोमबार
तेह्रथुम —आगलागीमा परी ५ वटा बस्तीका २३ घर जलेका छन्। फेदाप गाउँपालिका १ सिम्लेमा आइतबार अपराह्नदेखि सुरु भएको आगलागीमा ५ वटा बस्तीका २३ घर सँगै थप ५ वटा ग्वाली (गोठ)समेत जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको हो।
आगलागीका कारण अहिलेसम्म २३ वटा घर र ५ वटा ग्वाली जलेको
वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपागाउँ
जलेका हुन् । बस्तीमा आगो
लागिरहेको छ । बस्ती पातलो
भएको र वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आगलागीमा मानव बसोबास गर्दै गरेका १० वटा र मानव बसोवास नभएका १३ गरी २३ वटा घर जलेका हुन्। धेरै संख्यामा पशु चौपाया जलेका छन् । जंगलमा चर्न गएका गाई र बाख्रा तथा घरमै बाँधिराखेका भैंसी, गाईगोरु, बाख्रा तथा बंगुर, कुखुरा समेत जलेका छन् ।
सुख्खाक्षेत्र भएकाले आगो निभाउन समस्या भएको स्थानीयको भनाइ छ । आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत करोडौंको धनसम्पत्ति नष्ट भएको पीडितले बताए ।
आगलागीबाट भएको जनधनको क्षति अझै यकिन नभएको प्रहरीले जनाएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation