१४ जेठ २०८१, सोमबार

कांग्रेस नेता भण्डारीले भने - गठबन्धन सिद्धान्त होइन, रणनीति हो

  • ९ फागुन २०८०, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गठबन्धन सिद्धान्त नभई रणनीतिक विषय भएको बताएका छन्। कांग्रेसको जारी महासिमिति बैठकमा महामन्त्री गगन थापाले आफ्नो सांगठनिक प्रतिवेदनमा गठबन्धन गर्न नहुने बताएपछि नेता भण्डारीले गठबन्धन आवश्यकताका आधारमा गर्नुपर्ने जनाएका छन्। 

उनले भनेका छन्, 'गठबन्धन सिद्धान्त होइन, यो त रणनीति हो। आवश्यकता अनुसार यसको प्रयोग हुन्छ र गर्नु पर्दछ। कथा अनुसारका पात्रहरुको खोजीबाट सिनेमा चल्दछ। त्यसरी नै समयमा उठेका मुद्दालाई समाउनु सक्नु पर्दछ। नेपाली समाजमा यती धेरै मुद्दाहरु छन जसले नेपालीको चाहनाहरुलाई संवोधन गर्न सक्दछ त्यो हाम्रो बाटो हुनु पर्दछ।' 

प्रतिक्रिया

सम्बन्धित खवर