२२ भदौ २०८१, शनिबार

बाजुरामा जनप्रतिनिधिबाट नै जातीय विभेद हुन थालेपछि दलित समुदायबिच परामर्श कार्यक्रम

  • ९ फागुन २०८०, बुधबार
Image

२०८० फागुन ०८ मंगलबार

बाजुराः बाजुरामा कुप्रथाको रूपमा रहेको जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नका लागि विभिन्न संस्थाहरूले काम गर्दै आएको भएता पनि अझै न्यूनीकरण हुन सकेको छैन्।

जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गर्नुको उल्टो यहाँका अधिकांश जनप्रतिनिधिबाट नै विभेद हुन थालेपछि राजनीतिक दल र दलित समुदायबिच परामर्श कार्यक्रम सुरु गरेको त्रिशक्री दलित नेटवर्क त्रिवेणीका अध्यक्ष विकको भनाइ छ।

जिल्लाको त्रिवेणी नगरपालिकामा रहेको त्रिशक्री दलित नेटवर्कले जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि सरोकारवाला निकायसँग परामर्श कार्यक्रम सुरु गरेको हो।

दलित सुमदायमाथी भएको दमन शोषण तथा अन्यायका साथै जातीय विभेद अन्त्य गर्न सरोकारवालासँग छलफल कार्यक्रम गर्दै आएको त्रिशक्री दलित नेटवर्क त्रिवेणीका अध्यक्ष वीरबहादुर विकले बताए।

दलितहरुबीच जातीय विभेद गर्ने गरेकोले उन्मुलनमा निकै चुनौती थपिँदै गएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा दिनेश सार्कीले बताएका छन

 

प्रतिक्रिया

सम्बन्धित खवर