८ कार्तिक २०८३, शनिबार

नेपाल दोस्रो विकेट लिन सफल

  • ५ फागुन २०८०, शनिबार
Image

२०८० फागुन ०५ शनिवार

काठमाडौँ- छैटौँ ओभरमा नेपालले दोस्रो विकेट लिन सफल भएको छ। नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका छन। नेदरल्यान्ड्सले २ विकेटको क्षतिमा १८ रन बनाएको छ ।


यसअघि तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए। आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर