३१ असार २०८१, आइतबार

प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि रास्वपाको बैठक

  • २२ माघ २०८०, सोमबार
Image

काठमाडौँ - संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बस्ने भएको छ। त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा पूर्वतयारीका लागि दलको बैठक बोलाएको छ   

 

प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका हो

 

बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ।

यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गर्ने बताएको छ। त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो

 

सोमबार बस्ने बैठकमा दलका नेता लामिछानेले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए संसद् बैठकमा कसरी प्रस्तुत हुने विषयमा दलका नेताले सांसदहरू  बोलाएका हुन् । यसअघि बसेको बैठकमा सांसदहरूले आ–आफ्ना समिति र संसदमा उठाउने एजेन्डाबारे छलफल भएको थियो’, अर्यालले भने, ‘यो पटक अत्यावश्यक कानुन निर्माणमा हाम्रो ध्यान केन्द्रित गर्छौँ । । त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ । 


संविधान कार्यान्वयनमा सरकारलाई प्रभावकारी रूपमा दबाब दिने छौ यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर