३१ असार २०८१, आइतबार

मन्त्री शर्मालाई मन नपरेपछि सञ्‍चारबाट बाहिरिए राउत

  • २५ पुष २०८०, बुधबार
Image

काठमाडौं-  सूचना तथा सञ्‍चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको सरुवा गरिएको छ। मन्त्री शर्माले सचिव राउत आफूलाई मन नपरेको र असहयोग गरेको भन्दै सरुवा माग गरेकी थिइन्। 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्दै राउतलाई सो आयोगमा पठाउने निर्णय गरेको हो।

तत्कालीन समयमा अधिकृत रहँदा टिप्पणी उठाएका कारण ललिता निवास प्रकरणमा समेत मुछिएका राउतले निर्णय गर्न नै अलमल गर्ने क्रम बढेपछि मन्त्री रेखा शर्माले उनलाई फेर्न चाहेकी थिइन्। यसका कारण सचिव राउत र मन्त्री शर्माबीचको सम्बन्ध सुमधुर थिएन।

सञ्चार नेपाल टेलिकमको अध्यक्ष समेत रहने भएकाले टेलिकमको विभिन्न सुधारका योजनामा सचिवको भूमिकाप्रति मन्त्री असन्तुष्ट रहेको स्रोतको दाबी छ। टेलिकमको ठेक्काहरुमा राजनीतिक नेतृत्वको अस्वभाविक रुचीअनुसार काम गर्न नमान्दा सरुवा भएको सचिव निकट स्रोतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर