३१ असार २०८१, आइतबार

गैरीगाउँ सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

  • १ असोज २०८०, सोमबार
Image

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले छाडेको छ। हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

हत्याबारे खबर गर्न आत्तिदै चौकी पुगेका दीपेन्द्रलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। राठौरका अनुसार उक्त हत्या प्रकरणमा राईको संलग्नताका कुनै आधार फेला नपरेपछि रिहा गरिएको हो।

घटनामा संलग्न प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो।

गएको शुक्रबार मध्यराति गैरीगाउँस्थि दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उहाँकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर