३१ असार २०८१, आइतबार

इन्डोनेसियाका राजदूतले भेटे उद्योगमन्त्री रिजाल

  • २६ साउन २०८०, शुक्रबार
Image

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इण्डोनेसियाका गैर आवासीय राजदूत हेरु हार्तान्तो सुबोलोले शिष्टाचार भेटवार्ता गरेका छन्। 

शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय सम्बन्ध, विकास सहायता विषय लगायत विविध विषयमा कुराकानी भएको बताइएको छ। भेटमा मन्त्री रिजालले दुई देश बीचको व्यापार तथा उद्योग क्षेत्रमा सम्बन्ध सुदृढ बनाउनको लागि राजदूत सुबोलोले निभाउनु भएको सक्रिय भूमिका तथा प्रयासको प्रशंसा गरे।

त्यसैगरी मन्त्री रिजालले नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राजदूत सुबोलोको प्रशंसा गरे। आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको समेत मन्त्री रिजालले स्पष्ट पारे। 

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको क्षेत्रमा सहकार्य एवम् सहयोग आदानप्रदानको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै दुई मुलुकबीचको आर्थिक सहकार्यको विस्तारमा राजदूत सुबोलोको थप सक्रियता रहनेमा विश्वास व्यक्त गरे।

इन्डोनेसिया नेपालको प्रमुख व्यापार साझेदार रहँदै आएको र पछिल्ला केही वर्षमा नेपालमा इन्डोनेसियाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको बताउँदै मन्त्री रिजालले द्विपक्षीय व्यापारको राम्रो सम्भावना रहेका वस्तु र सेवाको पहिचान गरी दुई मुलुकबीचको व्यापार सन्तुलित रुपमा अभिवृद्धि गर्न थप पहल आवश्यक रहेको स्पष्ट पारे।

मन्त्री रिजालले नेपाल भ्रमण गर्न आउने इन्डोनेसियाली पर्यटकको संख्या समेत आगामी वर्षमा वृद्धि हुने अपेक्षा व्यक्त गर्दै दुई मुलुकबीचको सांस्कृतिक एवम् भौगोलिक निकटताको कारण पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रशस्त सम्भावना समेत रहेको उल्लेख गरे।

भेटमा राजदूत सुबोलोले जलविद्युत परियोजनाको सञ्चालन तथा व्यवस्थापनका क्षेत्र लगायत हवाईजहाज मर्मतका क्षेत्रमा नेपालसँग सहकार्यको अभिवृद्धि गर्न इण्डोनेसिया सरकार उत्सुक रहेको बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर